दशैँ अघि एनआरएनले नेपाली नागरिकता सरहकै कार्ड पाउने पाउँछन् : कृष्णभक्त पोखरेल

दशैँ अघि एनआरएनले नेपाली नागरिकता सरहकै कार्ड पाउने पाउँछन् : कृष्णभक्त पोखरेल
समाचार

गैरआवासीय नेपालीहरुले आगामी विजया दशमी सम्ममा राजनीति अधिकार बाहेकका अधिकारको नागरिकता सरहको प्रमाणपत्र पाउने भएका छन् ।

फाइल तस्बिर

प्रमाणपत्रले आर्थिक ,सामाजिक र सांस्कृतिक लगायतका अधिकार प्रदान गर्दछ । गैरआवासीय नेपाली संघ–अमेरिका, नर्थ क्यारोलिना शाखाको आयोजनामा सम्पन्न “गैर आवासीय नेपाली र नागरिकता विषयक” एक कन्फेरेन्स अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाल सरकारका कानुन, न्याय तथा मानव अधिकार समितिका सभापती कृष्णभक्त पोखरेलले बताएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले पैतृक सम्पत्ती, घरजग्गा खरिदविक्री , व्यापार ,व्यवसाय लगायत विभिन्न सांस्कृतिक एवं पर्यटन स्थानहरुमा लाग्ने प्रवेश शुल्क समेत नेपाली नागरिक सरह नै हुने कुरा प्रष्ट पार्दै काठमण्डौँमा हुने गैरआवासीय नेपालीहरुको आगामी अन्तर्राष्ट्रिय सम्मेलनमा यो खुशीको समाचार दिन लागिपरेको बताए ।

प्रवासमा रहेका नेपालीहरुको पारिवारिक कानुनी जटिलता, लगानी तथा दोहोरो कर प्रणाली, दोहोरो नागरिकता सम्बन्धी सरकारको धारणा लगाएतका विषयमा उठेका प्रश्नहरुको बारेमा पनि पोखरेलले स्पस्ट पार्नु भएको थियो ।

राजनैतिक दलहरुले आफ्नो अस्तित्व र स्वार्थका लागि मात्र सात दसक बिताएकोले अबको आवश्यकता समृद्ध नेपाल , सुखी नेपाली भएकोले संसारभर छरिएर रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गर्न , आफुले आर्जन गरेको दक्षता, सिप र कलालाइ नेपालमा लगाउन प्रोत्साहन गरे । उनले आगामी पर्यटन वर्ष २०२० लाई सफल पार्न आफू र आफ्ना साथीभाईहरुलाई नेपाल आगमनको लागि समेत अपिल गरे ।

गैरआवासीय नेपाली संघ अमेरिका, नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष कुलानन्द शर्माको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा शर्माले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।

संस्थाका सचिव बाशुदेव भट्टले संचालन गर्नु भएको सो कार्यक्रमको प्रश्नोत्तर सहजीकरण नासाका कार्यकारी सदस्य चेत भट्टराईले गर्नु भएको थियो ।

साँझ करिब दुइ घण्टा सम्म संचालन भएको सो अन्तरक्रिया कार्यक्रममा एनआरएनअमेरिकाका ऊपाध्यक्ष कृष्णजिवी पन्त, नेप्लिज एशोसिएसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष माधव ढकाल, एनआरएन अमेरिकाका पूर्व कार्यकारी उपाध्यक्ष कृष्ण पोखरेल, एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष राधा पौडेल, एनसीएसीका अध्यक्ष डा.बटु शर्मा, उपाध्यक्ष राजन पौडेल, एनसीसी पूर्व अध्यक्ष डा. ठाकुर कार्की, नासाका पुर्व अध्यक्ष डा.सन्जिव सापकोटा रहेका छन् ।

त्यसैगरी, जनसम्पर्क समिति नर्थ क्यारोलिनाका अध्यक्ष डा. चिरन्जिबी भट्टराई, एनआरएन अमेरिकाका पूर्व सदस्य गोविन्द श्रेष्ठ, नासाका पदाधिकारीहरु निर्मल पौडेल, विशाल भारती, भिम तिमिल्सिना, बिनय अर्याल, समाजसेवी तथा बुद्धिजिबी रामकृष्ण वाग्ले, अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघका महासचिव तथा नासाका पुर्व महासचिव शिव बिष्ट, एनआरएन अमेरिका, नर्थ क्यरोलिनाका निवर्तमान अध्यक्ष रेवती अधिकारी, एन आर एन अमेरिका, इलेनोइसका पूर्व अध्यक्ष सुमन वस्ती लगायतका महानुभावहरुले सहभागिता जनाउदै जिज्ञाशा र मन्तव्य राख्नु भएको थियो ।

Post Comment