डालस, टेक्सास सेप्टेम्बर ९। नेपालको चर्चित रक ब्यान्ड १९७४ एडी को अमेरीका टुर अन्तर्गतको चौथैं कन्सर्ट डालसको ग्रेनाडा थियटरमा भब्यरुपमा सम्पन्न भयो।
सो कन्सर्टमा टेक्सास निबासी नेपाली युवा युवतीको बाक्लो उपश्थिती थियो। करिब १००० संगीत प्रेमी नेपालीहरुले त्यो कन्सर्ट को मज्जा लिएका थिए । बिशेष गरी ब्यान्डबाट फिरोज र यड्रीनको बहिर्गमन पछि भएको अमेरीकी टुर अन्तर्गत भएको कन्सर्ट हो यो। ब्यान्डले फिरोज र यड्रीन गुमाए पनि नया सदस्यको अागमनले ब्यान्ड पुरानै अवश्थामा रहेको आभाश भएको थियो।
नयाँ गायकहरु प्रज्वल र रोहितको दमदार प्रश्तुतिले फिरोज र यड्रिनको कमि महसुस हुन दिएन। ब्याडले आफ्नो पहिलो प्रस्तुति रातों र चन्द्र सुर्यको रिमिक्सबाट शुरु गर्दा हलमा उपश्थित सबै संगीत प्रेमी नेपालीहरु राष्ट्रिय भाबनाबाट ओत प्रोत भएका थिए। त्यस पछि ब्यान्डले आफ्ना चर्चित गीतहरु गुरास फुल्यो, पठाईदेउ न, जति माया लाए पनि, परेलीमा, यो मन त मेरो नेपाली हो, च्यंग्बा लगायत नया एल्बमका गीतहरु हजार सपना, साल घारीमा, सानीको जस्ता सुमधुर गीतहरुले उपश्थित संगीत प्रेमीहरुलाई मनोरन्जन गराएका थिए।
नयाँ लाइन अपले आफ्नो पहिलो एल्बम हज़ार सपना रिलिज गरे सगैं एल्बम प्रबर्धन गर्नको लागी अमेरीका टुरको घोषणा गरेको थियो। अमेरिकाका बिभिन्न ७ सहरमा आयोजना गरिने कन्सर्टमा यस अधि ब्यान्डले ३ अन्य सहर सान फ्रान्सीस्को, सियाटल र सेन्ट लुइसमा कन्सर्ट देखाइ सकेको छ ।
अगष्ट २७ मा सान फ्रन्सिस्कोबाट सुरु भएको टुर सेप्टेम्बर १३ मा बोष्टन मा समापन हुने छ ।