२७ भदौ ,काठमाडौँ । विप्लब मााओवादीको नाम बेचेर केही व्यक्तिहरुले चन्दा असुली गरको विषय अहिले चर्चाको विन्दुमा पुगेको छ ।लामो समय निस्कृय रही करिब १ महिना अगाडी मात्र विप्लब माओवादी छाडेका पूर्व विद्यार्थी नेता केदार खतिवडाले एक व्यापारीसंग एक लाख रुपैँंया विप्लप माओवादीको नाममा लिएपछि अखिल क्रन्तिकारि उपत्यका संयोजक लोकेश बिश्वकर्माले विज्ञप्ती नै निकाले । यही विषय र विद्यार्थी आन्दोलनको पेरीफेरीमा रहेर गरिएको कुराकानी :
तपाई आफ्नै पूर्व सहकर्मी विरुद्ध उत्रिनु भयो भन्ने सुनिन्छ नी ?
हामी अन्याय पूर्ण राज्य ब्यबस्था परिबर्तनका खातिर अविराम संगर्षमा रहेको जनताको पार्टी नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ता हौ । हामीलाई राम्रो संग थाहा छ की हामि क्रान्तिकारी कार्यदिशा क्रान्तिकारी कार्यक्रम र अनुशासनमा प्रतिवद्ध हुनुको विकल्प रहन्न र छैन । संगठनमा बिधि पद्धती र अनुशासनको मृत्यु भयो भने त्यो स्वार्थि मान्छेहरुको जमघट या झुण्ड जस्तो हुन्छ। त्यसैल भित्र बाहिर जता बाट जन्मिएता पनि बेला बेलामा देखिने गलत प्रवृतिका बिरुद्ध निर्मम हुनु हाम्रो मुख्य सर्त हो भने यस्ता खाले हर्कतलाई लाइ जरै देखि निमोठ्नु जरुरी हुन्छ । कुरा पूर्व सहकर्मीको बिरुद्ध उत्रेको भन्दा पनि आन्दोलनले एउटा उचाई प्राप्त गर्दै गर्दा हिजो सहकर्मी भएका र आज पार्टी संगठन बाहिर रहेका सिमित स्वार्थ सिद्ध गर्न चाहने व्यक्त्ति र प्रबिर्ती विरुद्धको कदम हो ।
यस बिषयमा तपाइको संगठनको केन्द्रीय समितिले विज्ञप्ती निकाल्नु पर्ने होइन र ?
हेर्नुस बिज्ञप्ती या कारवाहिको मान्यता के हुन्छ भने जुन सन्दर्भमा ,जुन प्रीष्ठभुमिमा र संरचनामा घटनाहरु घट्छन सोहि अनुसार त्यसलाई आममा स्पष्ट पार्नु पर्दछ । जुन व्यक्तिले नक्कली तर्क सहित किर्ते हर्कत गर्यो त्यो सन्दर्भ हाम्रो संगठनको उपत्यकाको कार्यक्षेत्र अन्तर्गत पर्ने भएकोले पार्टी ब्युरोको निर्देशनमा बिज्ञप्ति जारी गरिएको हो ।
अहिले बिधार्थी संगठनहरुमा चरम विवादहरु भएको देखिन्छ ,खास कुरा के हो ?
यस बारेमा म के थान्न्दछु भने बहस नै संठनको जीवन हो ।त्यसकारण यो जरुरि छ। यदि हामी वर्तमान शैक्षिक प्रणाली सहित समग्र राज्य व्यवस्था फेर्ने सपना बोकेर संगठित भएका हौ भने लक्ष्य र उदेश्य पुग्ने गति र मतिको बारेमा व्यस्थित छलफल र वहसको अनिवार्य आवस्यकता रहन्छ । बिषय कहा होला भने हामीले गर्ने तर्क या वादविवाद जे सुकै भन्नुस त्यो के का लागी हो भन्ने प्रश्न मुख्य हो । हो हाम्रो भित्र बहस छलफल को प्रतिशत अन्य प्रतिस्प्रधी या सहकर्मी संगठनमा भन्दा माथि छ यो यस अर्थ छ कि हामि आम नेपाली विधार्थीको शैक्षिक अधिकारलाई सुनिश्चित गर्ने बारेमा बढी सोच्ने गरेका छौ । तर अन्य संगठनमा हेर्ने हो भने यस्ता खालको बहस भन्दा पनि अलिक बढी मुनाफा वितरणमा लुछाचुँडी भएको पाउछौ जुन झगडाले बिधार्थी संग कुनै साइनो राख्दैन ।
तपाईको संगठनले अहिले देश व्यापी रुपमा अभियान संचालन गरेको छ ,यसको प्रभाब कस्तो रहेको छ ?
समय अवधिको हिसाबले हाम्रो अभियान यति बेला मध्य भागमा पुगेको छ। यो बेला समग्र समीक्षा गर्ने बेला त भैसकेको छैन यद्धपि अहिले सम्मको उपलाब्धि लाइ मुल्याकन गर्ने हो भने हामीले झन्डै पचास हजार बिधार्थी संगको अन्तरक्रिया र भेटघाट सकिसक्दा यस्तो लाग्छ की नेपाली बिधार्थी वर्तमान शिक्षा प्रणालीको जातोमा नराम्रोसंग पिसीएको छन् । हाम्रो मुलुकको शिक्षा पद्तीले एउटा त आमको पहुचलाई ठुला ठुला पर्खाल मार्फत बन्देज गरेको छ । जातिले प्राप्त गर्न सकेकाछन ब्यतिलाई हेर्दा जीवन ज्युने कला सिप क्षमता या तरिका कहिँ कतै देखिदैन भने सामाजिक जीवन वाट खोज्दा राज्यलाई सेवा गर्ने भन्दा पनि बिदेशी राष्ट्रको सेवाको खातिर सस्तो मुल्यमा श्रम बेच्ने कामदार उत्पादन गर्ने फ्याक्ट्री जस्तो भएको छ । यो व्यवस्था रही रह्यो भने हाम्रो मुलुकको शिक्षा नकाम हुने खतरा देखिन्छ । जस बाट नेपाली युबा बिधार्थी मुक्त्त हुन् आतुर देखिन्छन ।
शिक्षा क्षेत्रमामा रहेका तमाम विकृतिहरुलाई तपाइको संगठनले कसरी हेरको छ ?
गास बास कपास शिक्षा र स्वास्थ्य र रोजगार व्यक्तिको नैसर्गिक अधिकार हो भने यसको व्यवास्ता गर्नु राज्यको आधारभुत दायित्व र जिम्मेवारी हो । तर बिडम्वना भनौ हाम्रो जस्तो मुलुकमा यी संबेदनशिल बिषयमा राज्य पक्ष गैरजिम्मेवार मात्र होईन उदाशिन रहेको रहेको पाउछौ । जुन अधिकार राज्यले दिनु पर्ने हुन्थो सोही माथि नै सिमित हुने खाने वर्गले अकुत मुनाफा कमाउने उदेश्य सहित नियन्त्रणमा लिएको पाईन्छ । अर्थात् शिक्षा र स्वास्थ्य जस्तो सेवा मुखी क्षेत्र व्यपारीहरुको एकलौटी अर्थ आर्जनको साधन बनेको छ । यो कुरा समग्र राज्य व्यबस्ताको चरित्रसंग गासिएको हुन्छ त्यसकारण शिक्षा क्षेत्रलाई न्यायपूर्ण र जनपक्षीय बनाउनुको लागि विकृत संसदीय व्यबस्थाको विकल्प खोज्ने बेला आएको छ । त्यसैले एकिकृत संगर्ष मार्फत नयाँ जनबादी व्यबस्था स्थापना गर्न जरुरि छ ।
पछिल्लो समय बिधार्थी आन्दोलन कम्जोर भएको हो ?
बिधार्थी आन्दोलनको पछिल्लो समय लाइ एकपटक समिक्षा गर्ने हो भने आन्दोलन एक हिसाबले कम्जोर बनेको स्वीकार कुनै गाह्रो छैन। जुन कुरा आवस्यक पनि थियो मलाई यस्तो लाग्छ अबको बिधार्थी आन्दोलन या शैक्षिक संघर्ष पुरानो सोच शैली र तरिकाले अगाडि बढ्न सक्दैन। यसको बारेमा नया धारणा नयाँ बिधि र नया शैली को अनिवार्यता प्रष्ट देखिन्छ। त्यसैले हामि हाम्रो पार्टीले सश्लेषित गरेको नेपाली समाजको विशेषता र चरित्र अनुसारको कार्यदिशालाई अबको शैक्षिक आन्दोलनामा हुबहु कार्यान्वयनको अपरीहार्यता बढेको छ । जसको जग बाट मात्र आगामी आन्दोलनको उठान सम्भव छ र नेपाली बिधार्थी हरुको शैक्षिक अधिकार सुनिश्चित गर्न सकिन्छ ।