तिहारका लागि ८० करोडको विद्युतीय बत्ती भित्रियो

धर्म - संस्कृति समाचार

काठमाडौं तिहारमा बालिने परम्परागत बत्तीलाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ  

पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिलि बन्थ्यो तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आम चासो बढ्न थालेको छ लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ  

तिहार झिलीमिलीको पर्व हो अझ आजकाल कसको घरमा कस्ता खालका झिलीमिली बत्ती बालिएको छ भनेर देखासिकी गरी उसको भन्दा आफ्नो घरलाई भिन्न देखाउने होडबाजी नै चल्न थालेको छ यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए  

खरेलका अनुसार तिहार लक्षित विद्युतीय बत्ती झण्डै ८० करोड रुपैयाँको आयात भएको हो उनका अनुसार तिहारका लागि आउनुपर्ने प्रायः सबै खालका बत्ती आइसकेको छ

खरेलले भने, ‘ल्याइएको विद्युतीय बत्ती लक्ष्मी पूजाको दिनसम्म बिक्री गरिसक्नुपर्ने भएकाले अब आउने बत्ती बिक्री नहुने सम्भावना छ लगभग सबै बत्तीहरु आइसकेका छन्

एकपटक प्रयोग गरेको बत्तीलाई अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले पनि उपभोक्तामा विद्युतीय बत्तीप्रति आकर्षण बढेको खरेलको भनाइ छ
बत्तीको मूल्य स्थिर
नेपाल विद्युतीय व्यवसायी महासंघले यस पटक उपभोक्ताले विद्युतीय बत्तीमा गत वर्षभन्दा महँगो रकम तिर्न नपर्ने जनाएको छ आयात अघिल्लो वर्षको भन्दा बढी भए पनि बिक्री अघिल्लो वर्षको जस्तो नहुने खरेलले बताए गत वर्ष प्रयोग भइसकेका बत्ती यसपटक पनि काम लाग्ने र नयाँ भवन धेरै निर्माण हुन नसकेकाले विद्युतीय बत्तीको बिक्री कम हुने उनको तर्क छ  

गत वर्ष डलरको मूल्य बढेको, भन्सारदर बढेको जस्ता कारण देखाउँदै बत्तीको मूल्य बढाएका व्यवसायीहरु यसपटक मूल्य बढाउने पक्षमा देखिदैनन् दीयो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम छ यसमा क्वालिटी भने फरक फरक हुने भएकाले सो अनुसार मूल्यमा फरक पर्न सक्ने उनको तर्क छ

उनका अनुसार लक्ष्मी, गणेश लगायत देवताको बल्ने सानो बत्तीको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म छ गत वर्ष पनि यही हाराहारीमा मूल्य कायम थियो यद्यपि, व्यवसायीहरुले सानो साइजकै फोटोको मूल्य सातसय रुपैयाँसम्म लिएका थिए स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दीयो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ  

महासंघले मूल्य धेरै नबढेको भने पनि व्यवसायीहरुले भने मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका छन् सरकारको अनुगमन प्रभावकारी नहुदा पनि उपभोक्ताहरु मारमा परेका हुन् तिहार आउन अब एक साताभन्दा कम समय छ तिहारको किनमेलका लागि बजारमा भिड लाग्न थालिसकेको छ पसलहरु तिहार लक्षित समानले भरिभराउ छन्  

Post Comment