बजार अनुगन गरेर म्याद गुज्रेका खाद्यान्न जफत

बजार अनुगन गरेर म्याद गुज्रेका खाद्यान्न जफत
जनसरोकार समाचार

जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा खाद्य गुण नियन्त्रण प्राविधिक क्षेत्रीय कार्यालय, स्थानीय उपभोक्ता र घरेलु कार्यालयको संयुक्त अनुगमन टोलीले हेटौँडा उपनगरपालिका वडा नं १, , ५ र १० मा रहेको स्थानीय बजारमा आज अनुगन गरी म्याद नाघेका खाद्य पदार्थ जफत गरेको छ

टोलीले हेटौँडा नगरका १६ पसलमा अनुगमन गरिएकामध्ये दुई खाद्यान्न पसललाई तीन दिनभित्र खाद्य गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन लिखित सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्यले बताउनुभयो उहाँका अनुसार, जफत गरिएका खाद्यान्नमा बिस्कुट, चाउचाउ, पेयपदार्थ, कफी, चिया, दालमोठ, मसला, दाल, तेललगायतका सामग्री छन् ती सामग्रीमा केही मिसावट गरिएको र म्याद सकिएका भए पनि बिक्रीका लागि मिति सच्याएर राखिएको पाइएको जनाइएको छ

यसैगरी सोही अनुगन टोलीले स्थानीय बजारका तरकारी पसल र माछामासुका पसलमा पनि अनुगमन गरेको छ ती पसललाई अनुगमन टोलीले गुणस्तरीय माछामासु बिक्री गर्न र पसललाई सुगरसफा राख्न सुझाव दिएको र अर्कोपटक अनुगन गरिँदा सुझाव अनुसारको कार्यान्वयन नभए आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारवाही गरिने तर्फ निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमकुमार जोशीले बताउनुभयो रासस

Post Comment