वर्षायाम सकिएपछि कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा

वर्षायाम सकिएपछि कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा
जनसरोकार समाचार

वर्षायाममा बन्द भएको कालीगण्डकीजलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ

बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्रामकालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिनुभयो गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि दुर्घटना हुनसक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरेको सचिव रानाले बताउनुभयो

उहाँका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १८ वर्षदेखि जलयातायात स्टिमर सेवा सञ्चालनमा छ स्टिमर सेवाबाट दक्षिण पर्वतको विहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुने गरेका विहादीका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले नदी ओहोरदोहोर गर्ने गरेका भुसालले बताउनुभयो

स्टिमरमा १०० जना सवार गर्न मिल्ने १० वटा र १५ सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई सञ्चालन भइरहेका व्यावसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो उहाँले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताउनुभयो स्टिमर सेवा सञ्चालनपछि चार घण्टाको यात्रा आधा घण्टामा छोटिएको भट्टराईको भनाइ छ

कालीगण्डकीजलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा शुरु भएपछि सहज बनाएको स्थानीयवासी विष्णु न्यौपानेले बताउनुभयो स्टिमर नचल्दा दशैँ मनाउन सास्ती खेपेका त्यस क्षेत्रका बासिन्दालाई तिहार मनाउन गाउँमा फर्कन सहज हुने भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज हुने न्यौपानेले जानकारी दिनुभयो

स्टिर सेवा बन्द हुँदा साढे तीन महीनाभन्दा बढी त्यस क्षेत्रका बासिन्दा आधा घण्टाको बाटो चार घण्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरिएको विहादी६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो

काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हँुदा स्टिमर सेवा त्यस क्षेत्रका लागि बरदान नै सावित भएको थापाले बताउनुभयो रासस

Post Comment