मेक्सिकोसँग सीमा नभएको कोलोराडोमा पर्खाल बनाइरहेको ट्रम्पको उद्धोष

मेक्सिकोसँग सीमा नभएको कोलोराडोमा पर्खाल बनाइरहेको ट्रम्पको उद्धोष
अमेरिका

बुधबार पिट्सबर्गमा अमेरिकी उर्जा सम्बन्धी एक भाषणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा पर्खाल निर्माण अनौठो टिप्पणी गरेका छन ।

ट्रम्पले भने, “हामी निउ मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्दैछौं र हामी कोलोराडोमा पर्खाल निर्माण गर्दैछौं !।हामी एउटा सुन्दर पर्खाल निर्माण गर्दैछौं, ठूलो पर्खाल जुनले वास्तवमै काम गर्ने छ र यसलाई न माथी बाट नत तल बाट पार गर्न सकिने छ ।” कोलोराडो, निउ मेक्सिकोको उत्तरमा पर्दछ तर यो कतै बाट पनि अमेरिका-मेक्सिको सीमामा पदैन ।

टेक्सासमा अमेरिका-मेक्सिको सीमा किनारमा नयाँ पर्खाल स्थापना गर्ने तयारीमा स्टील बिछ्याउने काम भैरहेको छ तर कोलोराडो एस्तो पर्खाल बन्ने बारेमा कुनै रिपोर्ट आएको छैन ।

ट्रम्प उक्त भनाइ आए सगै कोलोराडो गभर्नर जरेड पोलिस ले ट्विटरमा “एस्तो कुरा गर्न लाज लाग्नु पर्ने…कोलोराडो मेक्सिकोको सीमामा पर्दैन । राम्रो कुरा कोलोराडोले अब पुरा दिन किन्डरगार्टेन निःशुल्क प्रदान गरेको छ जस्ले गर्दा हाम्रा बाबुनानुहरुले आधारभूत भूगोल सिक्न सक्दछन।”

Post Comment