निर्वाचनका लागि चार सयभन्दा बढी कर्मचारी परिचालन हुने

निर्वाचनका लागि चार सयभन्दा बढी कर्मचारी परिचालन हुने
राजनीति समाचार

कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा पदको उपनिर्वाचनका लागि ४१० जना कर्मचारी खटिने भएका छन् । सो क्षेत्रका ८२ वटा मतदान केन्द्रमा निर्वाचन गराउनका लागि सो सङ्ख्यामा कर्मचारी परिचालन हुन लागेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए ।

प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना कार्यालय सहयोगी र एक जना सहयोगी गरी पाँच कर्मचारी र चार जना स्वयंसेवक परिचालन हुने उनले बताए ।

यसैबीच निर्वाचनमा खटिने कर्मचारीहरुको तालिम सम्पन्न भइसकेको र भोलिदेखि नियुक्ति पत्र लिएर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रमा परिचालन हुनेछन् । निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनका लागि करिब ८०० को सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने कार्यालय प्रमुख सुवेदीले बताए ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् । महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् ।

Post Comment