तेह्रौँ साग : भूटानसँग फुटबलको फाइनलमा

तेह्रौँ साग : भूटानसँग फुटबलको फाइनलमा
खेल समाचार

काठमाडौँ, २१ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फु¬टबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुगेको हो ।

भूटानका लागि खेलको १९औँ मिनेटमा छिमी दोर्जीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा दावा छिरिङले दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा एशी दोर्जीले गोल गर्दै भूटानलाई ३–० को स्थितिमा पु¥याए । भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो । आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अङ्क जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।

Post Comment