काठमाडौँ, २४ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग १२७–४६ ले पराजित भयो । नेपालका लागि अनुषा मल्लले सर्वाधक १७ स्कोर गर्नुभयो ।
नेपालले महिला बास्केटबलमा पहिलो पटक रजत जितेको हो । महिलातर्फ माल्दिभ्सले भुटानलाई हराएर कास्य जित्यो । त्यसैगरी आजै भएको पुरुषतर्फको फाइनल खेलमा भारतले स्वर्ण पदक जितेको छ । भारतले श्रीलङ्कालाई १०१–६२ ले पराजित ग¥यो । सोही स्पर्धामा नेपालले बङ्गलादेशलाई हराएर कास्य पदक जित्यो ।