च्याम्पियन्स लिग : अपराजित रहँदै पिएसजीले टुङ्ग्यायो समूह चरणको खेल

च्याम्पियन्स लिग : अपराजित रहँदै पिएसजीले टुङ्ग्यायो समूह चरणको खेल
खेल समाचार

एजेन्सी, २६ मङ्सिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जारी च्याम्पियन्स लिगको समूह चरणको खेल अपराजित रुपमा टुङ्ग्याएको छ । समूह चरणअन्तर्गतको पाँच खेलमा पिएसजी पाँचै खेलमा अपराजित बनेको हो ।

समूह ‘ए’ अन्तरगत गए राति भएको अन्तिम खेलमा पिएसजीले गालाटासारेमाथि ५-० को विशाल जित हात पारेको छ ।

पिएसजीको यस जितमा माउरो इकार्डीले खेलको ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा सो अग्रता पाब्लो साराबिएले गोल गरेपछि दोब्बर भयो ।

त्यसपछि खेलको दोश्रो हाफमा नेइमारले गोल गर्दै टोलीको अग्रतालाई ३-० बनाए । नेइमारले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । त्यसपछि टोलीका लागि चौथो गोल एम्बाप्पेले खेलको ६३ औं मिनेटमा नेइमारको पासमा गरे ।

यसरी ४-० ले पछि परेको गालाटासारे विरुद्ध पिएसजीले पेनाल्टीमार्फत खेलको ८४ औं मिनेटमा गोल गर्‍यो । यो गोल एडिन्सन काभानीले गरे । ५-० को यस जितसँगै पिएसजी १६ अंक जोडेर समूग विजेता बनेको छ ।

Post Comment