ब्राजिलको फ्लामेन्गोलाई १-० गोलले पराजित गर्दै लिभरपुलले उचाल्यो क्लब विश्वकप फुटबलको उपाधि, रोबर्टो बने हिरो

ब्राजिलको फ्लामेन्गोलाई १-० गोलले पराजित गर्दै लिभरपुलले उचाल्यो क्लब विश्वकप फुटबलको उपाधि, रोबर्टो बने हिरो
खेल समाचार

एजेन्सी, ६ पुस । लिभरपुलले ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० ले पराजित गर्दै क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनल खेल शनिबार राति कतारमा भएको थियो ।

जितका लागि लिभरपुलले अतिरिक्त समयसम्म कुर्नुपर्‍यो । खलिफा अन्तराष्ट्रिय रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

त्यसपछि ९९ औँ मिनेट रोबर्टो फिरमिनोले लिभरपुलका निर्णायक गोल गरे र टोलीलाई पहिलो पटक क्लब विश्वकपको उपाधि जिताए।

जितपछि लिभरपुलका म्यानेजसर यूर्गेन क्लोपले आफ्ना खेलाडीहरूले एकपछि अर्को परिक्षा पास गरेको भन्दै उनीहरूको प्रशंसा गरेका छन् ।

Post Comment