पाटन दरबार नजिकै झल्झल बलेको चन्द्रमा हेर्न र फोटो खिच्न सर्वसाधारणको भिड

पाटन दरबार नजिकै झल्झल बलेको चन्द्रमा हेर्न र फोटो खिच्न सर्वसाधारणको भिड
समाचार

काठमाडौँ, ७ पुस । धरानका मिलन राईले बनाएका चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार साँझ सर्वसाधारणको भिड नै लागेको छ ।

टाढा र मधुरो चन्द्रमा देखेका सर्बसाधारणले झलझल बलेको चन्द्रमा नजिकै देखेपछि फोटो खिच्ने र हेर्नेको भिड जम्मा भएको हो ।

राईले बनाएर प्रदर्शनमा राखेको चन्द्रमा आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार झुमिएका सर्वसाधारण

उनले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताएका छन् । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उनले भने ।

उनले अब यो चन्द्रमा पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताएका छन् ।

Post Comment