कोलोराडोका डेमोक्रेट्स नेताहरु र नेपाली समुदाय बिच अन्तरकृया सम्पन्न

समाचार

नेपाली डेमोक्रेट्स कोलोराडोको आयोजनमा शनिबार कोलोराडोका डेमोक्रेट्स नेताहरु र नेपाली समुदाय बिचमा अन्तरकृया सम्पन्न भएको छ ।

मुख्यत नेपाली समुदाय कसरी अमेरिकाको राजनीतिमा सकृय पुर्बक सहभागी हुन सक्छन भन्ने बहस यस कार्यक्रममा चलेको थियो । साथ-साथै नेपाललाई अमेरीकी संसदको केन्द्रीय नेतृत्वहरु मार्फत नेपालीको शिक्षा र स्वास्थमा सहायोग गर्नका लागि पहल गरिदिन ध्यानाकर्षण गरिएको थियो ।

यसलाई अन्तरकृयालाई एक सुरवातको रुपमा लिदै नेपाली युवाहरुलाई अमेरिकाको राजनीतिमा कसरी बडी भन्दा बडी सहभागी गराउन कसरी आगाडी बड्ने पनि यस कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमको संयोजका दिपका बस्नेतले बताउनु भएको थियो ।

करिब १२५ नेपालीहरुका साथ साथै सेनेटर मोर्गन क्यारोल, सेनेटर न्यान्सी टड, पेट्रीसा शभेर चियर अफ रापाहो काउन्टी , मेरी वल्फा सेकेण्ड भाइस चियर अफ रापाहो काउन्टी, रिप्रेजेन्टिभ बुक्नर्, रिप्रेजेन्टिभ फिल्ड्स, रिप्रेजेन्टिभ मेल्टोन उम्मेद्वार बृजेस, कुक र माइक उइजम्यान को कार्यक्रममा सहभागिता थियो ।

सहभागिहरुले डिनर र बार-बे-केउ मज्जा लिदै कार्यक्रमले नेपाली समुदाय राजनितीमा प्रबेश गर्नका लागि एक कदम अगाडी बडेको अनुभब गरेका छन ।

nepali-democrats-coloradospet-2016

 nepali-democrats-colorado-sept-2016-2

Post Comment