सन्दिप आवद्ध मेलबर्नले पायो १ सय ७५ रनको लक्ष्य

सन्दिप आवद्ध मेलबर्नले पायो १ सय ७५ रनको लक्ष्य
खेल समाचार

एजेन्सी, ११ पुस । बिग बास लिग (बीबीएल) क्रिकेट अन्तर्गत एडिलेइड स्ट्राइकर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको मेलबर्न स्टार्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका जोनाथन विल्सले अर्धशतकीय इनिङ्स खेले । ४६ बल खेलेका उनले ४ चौकाको मद्दतमा अविजित ६८ रन बनाए । कप्तान एलेक्स केरीले ४५ रन बनाए । यस्तै जाक वेल्थराल्डले २१ र फिल साल्टले १४ रनको योगदान गरे । मेलबर्नका लागि डेल स्टेन, सन्दीप, डेनियल वोर्रल र आडम जम्पाले समान १–१ विकेट लिए ।

अघिल्ला दुई खेलमा जित निकालेको मेलबर्नले ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Post Comment