प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, २० औं खेल पनि जित्यो

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै, २० औं खेल पनि जित्यो
खेल समाचार

एजेन्सी, १८ पुस । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेर आफ्नो विजयी यात्रा कायमै राखेको हो । लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरेका थिए । सलाहले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए भने मानेले खेलको ६४औ मिनेटमा गोल गरेका थिए ।

यो जितसंगै गत बर्षको जनवरी ३ मा म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएदेखि लिभरपुल प्रिमियर लिगमा एक बर्षदेखि अपराजित नै रहेको छ । यो जितपछि लिभरपुलको २० खेलमा ५८ अंक भएको छ । लिभरपुलले २० मध्ये १९ जित र एक बराबरी खेलेको छ । त्यस्तै शेफिल्डको भने २१ खेलमा २९ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ ।

Post Comment