काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ । साँझ झण्डै ६ बजे एउटा घरमा लागेको आ’गलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन भएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ ।
आ’गो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको तीन, ललितपुर महानगरपालिकाको एउटा दमकल र पाँच÷छ वटा पानी ट्याङ्कर परिचालन भइरहेको छ । पहिलेभन्दा आगो कम भए पनि अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको वृत्तमा कार्यरत प्रहरी सहायक निरिक्षक दानसिंह धामीले बताउनुभयो । घटना नियन्त्रणमा आइनसकेकाले अहिलेसम्म आ’गलागीको कारण र क्ष’तिको विवरण आउन बाँकी रहेको वृत्तले जनाएको छ ।