बहु-प्रतिभाका धनी दिनेश श्रेष्ठ गायक देखी निर्देशक सम्म

बहु-प्रतिभाका धनी दिनेश श्रेष्ठ गायक देखी निर्देशक सम्म
मनोरन्जन

युएस-नेपाल न्युज, काठ्माण्डौ । तीन बर्ष अगाडी “नमस्ते नुवाकोट” बोलको गित लिएर साँगितिक आकासमा उदाएका ब्यक्ती हुन दिनेश श्रेष्ठ । उबी हाल सम्म आउदा तीन बर्षको अन्तरालमा निर्देशक सम्म बन्न सफल भएका छन । उनले निर्देशन गरेको देब श्रेष्ठको गित “बाध्य भएँ पराईको हुनलाई” छिटै बजारमा आउने तयारीमा छ ।

उनको प्रतिभा अद्दितिय छ । उनलाई पछिल्लो समय लाइभ दोहोरिको कुशल हस्ती को रुपमा पनि चिन्न सकिन्छ । उनका लाईभ दोहिरी हरु फेसबुक, युटुब लगायत सामाजिक सञ्जालमा प्रसस्त रुममा देख्न पाईन्छ ।

छोटो समयमा निकै चर्चा कमाउन सफल दिनेश आफू पछाडी रहेर नया र आर्थिक अभाबका कारण आफ्नु कला दर्सक माझ पस्किन न सक्नु भएका कलाकार को हितको लागि लाइभ दोहोरीबाट मिडियामा प्रबेश गराउने उदेश्य बोकेर आफ्नु टिम लिएर अगि बढिसकेका छ्न ।

एक दशक अघि देखि संगित क्षेत्रमा लागेका केही स्थानिय कलाकारहरुले आफुलाइ अगाडि मीठो बोलेर पछाडी आफ्नु मानहानी गरेको दु:खेसो पोख्दै केहि समय पछाडी प्रमाण सहित मिडियामा आउने उनले बताए । त्यस्ता ब्यक्तीको नाम र फोटो सहित सामाजिक सन्जाल, विभिन्न पत्रपत्रीका अनलाइन खबर र रेडियो टेलिभिजनको अन्तरर्बार्ता मार्फत पर्दाफास गर्ने उनी बताउछन ।

श्रेष्ठ कै नाममा बिभिन्न फेक आइडी खोली नाना थरीका घिन लाग्दा काम पनि सामाजिक सन्जालमा भएको तर आफुले जाने देखे सम्म सम्झाइ बुझाइ गरि यस्तो कार्य रोक्दै आएका उनी बताउँछ्न ।

Post Comment