प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ

प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ
राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त हुनुभएकामा हार्दिक बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई आज एक बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरे ।

Post Comment