चीनको कारागारमा पनि फैलियो कोरोना, दुई सय कैदी र ७ जना कारागार सुरक्षाकर्मीमा संक्रमण

चीनको कारागारमा पनि फैलियो कोरोना, दुई सय कैदी र ७ जना कारागार सुरक्षाकर्मीमा संक्रमण
समाचार समाज स्वास्थ्य

एजेन्सी, ९ फागुन । पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागार पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कारागारमा रहेका दुई सय कै दीमा सं क्र मण देखिएको हो ।

साउथ चाइन मर्निङ पोस्टका अनुसार सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका २ हजार ७७ कैदीको नमुना परीक्षण गरिएकामा २ सय जनामा कोरोनाभाइरस संक्रमण पाइएको हो । साथै ७ जना कारागार सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।

सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए । त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कैदी तथा जे लरमा कोरोना सं क्र मण देखिएको समाचारमा उल्लेख छ ।

कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्या न गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना सं क्र मण देखिएको छ । १८ हजार ४३८ जना भने उपचारपछि स्वस्थ भएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ ।

Post Comment