रेड पाण्डाको छालासहित चार पक्राउ

रेड पाण्डाको छालासहित चार पक्राउ
समाचार समाज

काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चारलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपनबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी कमला तामाङ र कास्कीका युवराज सापकोटा रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुबाट रेड पाण्डाको छालासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । परका उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालय काठमाडौँ बुझाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

Post Comment