चकलेट खाँदा यस्तो गजबको फाइदा…

चकलेट खाँदा यस्तो गजबको फाइदा…
समाचार

काठमाडौं । गुलियो चकलेट केटाकेटी देखि बुढाबुढीले समेत मन पराउने गर्दछन् । अझ बच्चाबच्चीलाई चकलेट खुब मन पर्छ । शुभअवसरमा पनि चकलेट बाँडेर रमाइलो गरिन्छ । सबै चकलेट स्वास्थ्यका लागि फाइदाजक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।

–डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट हुनाले मुटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ ।

–चकलेटले छालामा निखार ल्याउँछ । यसमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइन्छ । जसले मुटुरोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउँछ ।

–डार्क चकलेट खाँदा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

–यसमा पाइने पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राख्छ । र, रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।

–महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

–चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ ।

Post Comment