अमेरिकाको कोलोराडो शहर बस्ने नेपाली गायक तथा संगीतकार बसन्त लम्सालको राष्ट्रिय भावनाले भरिएको नयाँ आधुनिक गीत “सम्भावना भए गाँउमै” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ओपल इन्टेरटेन्मेन्टको प्रस्तुती रहेको उक्त गीत आमा, देश र परिबेस भन्ने एल्बमको हो । छोटो समयमा नै लोकप्रिय बन्न सफल यस गीतको एल्बममा रहेका अरु गीतहरु पनि उत्तिकै उत्कृष्ट छन ।
गायक तथा संगीतकार लम्सालको यस एल्बममा रहेका गीतहरु पनि पहिलेका गीतहरु जस्तै मनछुने र सान्दर्भिक हुने आशा छ । साथै यस गीतमा रहेको भावनालाई नेपालका राजनैतिक पार्टीका नेताहरुले मनन गरिदिए नेपालवाट बिदेशिने युवाहरुमा कमी आँउथ्यो कि भन्ने कुरामा गायक आशावादी छ्न ।