एजेन्सी, १० चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस ला लिगासहित सम्पूर्ण फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
स्पेनको सरकारले कोरोनाको महामारी रोकिएको घोषणा नगरेसम्म फुटबल गतिविधि बन्द गर्ने निर्णय स्पेनिस फुटबल फेडेरेसन र ला लिगाले गरेको हो ।
स्पेनको शीर्ष डिभिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि बनाएर शीर्ष स्थान ओगटेको हो । स्पेन सरकारले आइतबार आपतकालीन घोषणा आगामी अप्रिल ११ सम्म बढाएको थियो ।