काठमाडौं, १० चैत । सरकारले प्रतिबन्ध लगाएको अवस्थामा नेपालबाट विदेशी नागरिक लिन आएको इतिहाद एयसलाइन्सले दुई जना नेपाली नागरिकलाई लिएर आएको छ ।
अहिले साँझ ७ः३० बजे अवतरण भएको सो विमानले अष्ट्रेलियाबाट नेपाली नागरिक लिएर आएको हो ।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार उनीहरु तीन दिन अघि नेपालबाट गएका थिए । तर अष्ट्रेलिया सरकारले विमानस्थलबाटै नेपाल फर्काएपछि इत्तेहाद एयरले नेपाल ल्याएको हो ।
विमानस्थल स्रोतका अनुसार उनीहरुलाई के गर्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन । अहिले विमानको ढोका समेत खोल्न नदिएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ ।
विमानस्थल स्रोतले यसलाई विदेशी एयरलाइन्सको अटेरी गरेको जनाएको छ ।