काठमाडौ, ७ असोज । सञ्चारकर्मी समेत रहेका समिर बलामीले निर्देशन गरेको चलचित्र ‘दि फेमस’को ट्रिजर सार्वजनिक भएको छ । कार्तिक १२ लाई प्रदर्शन मिति तय गरेको यो चलचित्रले केही पहिले गीत तथा ट्रिजर सार्वजनिक गरेको थियो ।
सार्वजनिक ट्रिजर ३५ सेकेण्ड मात्रै लामो छ । प्रेम र रोदनलाई प्राथमिकता दिईएको यस चलचित्रले किशोर किशोरीहरु बीचको त्रिकोणात्मक प्रेम कथा बोल्छ । सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापालगायतको अभिनय रहेको चलचित्र बलामी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको हो ।