न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको छ ।
उच्च रक्तश्राप र मधुमेहका बिरामी लिम्बु सात दिन अगाडी ज्वरो र टाउनको दुख्न थालेपछि अस्पताल पुगेका थिए । अस्पतालको रिपोर्टमा उनलाई कोरोना संक्रमण पोजेटिभ भेटिएको थियो । केही दिन देखि गंभीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको लिम्बुको बुधबार बिहान निधन भएको हो ।
पाँचथरको रानीगाउँका लिम्बु १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए ।