कोलोराडोमा एनआरएनको परिचयात्मक कार्यक्रम सम्पन्न

समाचार

कोलोराडो, ३० अप्रिल, २०१६ । एनआरएन कोलोराडो च्याप्टरको परिचयात्मक कार्यक्रम शनीबार एक भब्य समारोह बिच सम्पन्न भयो ।

एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेलको प्रमुख आतिथ्यतामा, आईसीसीका उत्तर अमेरिका संयोजक सोनामा लामा,सह -संयोजक ए सी शेर्पा तथा एनसीसी यूएसएका पदाधिकारीको आतिथ्यमा र कोलोराडो च्याप्टरको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कोलोराडो च्याप्टरका अध्यक्ष बासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमका अधिकांश वक्ताहरुले, नेपालीका लागी नेपाली, एक चोटीको नेपाली सधैको नेपाली भन्ने मुलनारालाई ब्याबहारमा उतार्न सकेकोमा शेष घलेको नेतृत्वलाई धन्यवाद दिएका थिए । उनीहरुले एनआरएन कुनै पनि राजनैतीक दायरा भन्दा माथी उठेर सधै अघि बढीरहन सकोस् भन्दै नेपालमा पैसा भन्दा प्रविधी लगेर बिकास गर्नु पर्ने धारणा राखेका थिए ।

यसरी मन्तब्य राख्नेहरुमा एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेल, विशिष्ट अतिथी द्धय आर सीका सोनाम लामा, डीआरसीका एसी शेर्पा, त्यस्तै एनआरएन यूएसएका वरिष्ट उपाध्यक्ष कृष्ण पोख्रेल, सल्लाहकार द्धय बिआर लामा, शुनील शाह, उपाध्यक्षहरु क्रमशः डिल्ली भट्टराई, रामसी पोख्रेल, वन्दना कोईराला, रवीना थापा, महासचिव तिलक श्रेष्ठ, लगायत बिभिन्न च्याप्टर अध्यक्ष, स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धी जिवी तथा शुभ चिन्तकहरु रहेका थिए ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रमा स्वागत भाषण राज ढुङ्गनाले, प्रगती प्रतिवेदन विकल पराजुलीले तथा कार्यक्रम सञ्चालन कुमार कार्कीले गरेका थिए । गायक तथा संगितकार बसन्त लम्सालले “संभावना भए केहि गाउं मै गरिखाने, कसलाई रहर हुन्थ्यो होला देश छोडी जाने” बोलको गीत र तिलक श्रेष्ठले जहां छन् बुद्धका आंखा भन्ने गीत गाइरहदा उपस्थित सबै मातृभुमी संझेर स्तब्ध भएका थिए ।

कार्यक्रममा गत बर्ष निर्वाचित च्याप्टरका पदाधिकारीहरुलाई प्रमुख अतिथी र विशिष्ट अतिथीहरुले खादा पहियाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रमको डा. विजयराज शर्माले समिक्षा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै च्याप्टर अध्यक्ष बासुदेब खनालले आºनो भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले एनआएन च्याप्टर यहां सकृय संस्थाको डुब्लीकेसन नभई एउटा भिन्दै उद्धेश्यले गठन भएको बताए । उनले सबैको साथ र सहयोग भए आगामी दिनमा भाषा शिक्षा, नेपाली भाषामा डाईभर लाईसेन्स दिलाउन पहल, तथ्याङ्क संकलन जस्ता कामहरु सञ्चालनको संयोजन गर्ने बताएका थिए ।

शनीबार नै कोलोराडोमा एनआरएन यूएसए केन्द्रिय समिती बैठक, च्याप्टरका अध्यक्षहरु संगै केन्द्रिय समितीका पदाधिकारी बैठक सम्पन्न भएको छ । अमेरीकामा हाल सम्म १५ राज्यमा एनआरएन च्याप्टर गठन भई सकेको छ । विश्व भर करिव ५१ लाख नेपालीको बिचमा एनआरएनको ७१ मुलुकमा शाखा बिस्तार भईसकेको छ ।

NRN_CO_group

Colorado_03201026

Colorado_03201026_4

Colorado_03201026_1

NRN_CO_team