राजेन्द्र जिएम
असोज -०८ काठमाण्डौ
“आज देश रोईरहेको छ ।बाढी,पहिरो ,भुइचालो ,बमबारुदले छिया छिया पारेको यो देशमा बस्न नसकी आज परदेश पसेको छु ।कस्तो दुर्भाग्य आफ्नै सन्तानले आफ्नै बाबा आमा नचिन्ने अबस्त सृजना भएको छ हाम्रो देशमा । यो अबस्था अब अझै कहिले सम्म ?”
यस्तै शब्दमा अनुबन्धित संकलन संगीत प्रालिको अर्को उत्कृष्ट उत्पादन बहुचर्चित सर्जक तथा संचारकर्मी कमल सरगम र चर्चित गायक बालकुमार श्रेष्ठको दशैँ तीहार कोशेली “बम बारुद बर्षिएको देशमा”सार्बजनिक भएको छ । बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र प्रतिभाशाली गायक बालकुमार श्रेष्ठको सुमधुर आवाजमा रहेको गीतमा शब्द भने संचारकर्मी तथा सर्जक कमल सरगमले भरेका छन ।बालकुमार श्रेष्ठकै लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल अनिता बस्नेत र सुनिल तिवारीले गरेका छन भने निर्देशन बिक्रम चौहानले गरेका हुन् । मुकेश हुमागाईंको छायांकनमा तयार भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।संकलन संगीतको युटुब च्यानलमा सार्बजनिक गीतको म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।देशमा घटेको घटनालाई शब्दमा उनि बजारमा ल्याएको यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।