करन साउद, भारत । भनिन्छ समाज सेवा नै ठुलो धर्म हो । पुण्य कमाउन मन्दिर नै जानुपर्छ भन्ने होईन । दुखी गरिब पिडितहरुलाई सेवा गरे महासेवा हुन्छ रे! त्यही भनाईलाई अछाम जिल्लाको चौरपाटि गा.पा. अध्यक्ष हर्क ब. साउदले व्यबहारमा लागू गर्नु भएको छ।
गापा अध्यक्ष साउदले अछामको चौरपाटी गापा घर भै हाल कोरेना कोभिड 19 को कारणले भारतमा अलपत्र तथा खान बस्न समस्या भएका पीडितहरुलाई १ लाख बराबरको खाधन्न बितरण गर्नु भएको छ।साउद २०७४ सालको स्थानीय चुनावमा अछाम जिल्लाको चौरपाटी गाउँ पालिका नेकपा एमाले तर्फ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।कोरेना कोभिड १९ लाई नियन्त्रण गर्न नेपाल तथा भारत सरकारले लगातार केही महिना लकडाउन गरेपछि भारतमा होटल मल कम्पनी घर कोठी तथा सानोतिनो ब्यापार गरेर जिविका चलाउने लाखौ नेपालीहरु पीडित बनेका थिए।
दु:खी पीडितहरुको समस्यालाई मध्य नजर गर्दै पालिका अध्यक्ष गर्नु भएको यो महान कार्यप्रती जति ब्याख्या विश्लेषण गरे पनि कमै हुने गर्दछ।उक्त गाउँ पालिकामा घर भै रोजगारीको सिलसिलामा भारतमा संघ संस्था बुद्धिजीवी तथा समाज सेविहरु द्वारा पीडित तथा समस्यामा परेकाहरुका लागि सहयोग गरि दिन अपिल गरे लगत्तै गापा अध्यक्षले उक्त प्रस्ताव माथी छलफल गरे पनि नेपाल सरकार तथा प्रशासनले अनुमति नदिन सक्ने प्रष्ट पारे लगत्तै उक्त प्रस्ताव खारेज भएको थियो ।
गा.पा.बाट सम्भव नभए पनि अध्यक्ष साउदले भारतमा रहेका पीडित दुखी गरिबहरुको आसुलाई देख्न नसक्ने भन्दै एक दुई छाक टार्नको लागि भए पनि १ लाख बराबरको खाधन्न राहत पीडित ५८ जनालाई उपलब्ध गराउनु भएको थियो।