संविधान संशोधनमा हिन्दी भाषा र नागरिकताको विषयले प्रवेश नै पाएको छैन: प्रधानमन्त्री

समाचार

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  संविधान संशोधनमा हिन्दी भाषा वा नागरिकताको कुनै चर्चै नचलेको दाबी गरेका छन् ।

उनले यस्ता भ्रामक समाचार सम्प्रेषण आफ्ना लागि अनौठो भएको बताए । प्रधानमन्त्री प्रचण्डले  भने,’संविधान संशोधनमा हिन्दी भाषा र नागरिकताको विषयले प्रवेश नै पाएको छैन ।

यति भ्रामक कुरा गरेर सहमतिको वातावरण भाड्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो सम्भव छैन । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री यस्तो भनेका हुन् ।

उनले आफु प्रधानमन्त्रीमा निर्वाचित भएको पचास दिनभित्र साँढे चार लाख भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम पाइसकेको बताएका छन् ।