पूर्वगृहमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलमा पुगे गृहमन्त्री निधि

समाचार

चितवन, असोज ११ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधिले माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको आज निरीक्षण गर्नुभएको छ ।

गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुग्नुभएका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न निर्देशन दिनुभयो ।

यही असोज ९ गते मुक्तिनाथबाट काठमाडौँ आउँदै गर्दा पूर्व परराष्ट्रमन्त्री घिमिरे परिवार स्थानीय घोप्टेभिरमा दुर्घटनामा परेको थियो । रासस