नेकपाका नेताले ईन्जिनियरलाई कुटे

नेकपाका नेताले ईन्जिनियरलाई कुटे
समाचार

युएस नेपाल न्युज, डोटी । नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनाल माथी कार्यालयमै हातपात गरेका हुन् ।

बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरेको छ ।

सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको हो । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए । खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेष्कि लिएर काम सुरु गरेका थिए । प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो ।

“प्राबिधिक त्रृटीका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको छ,“इन्जिनियर खनालले भने उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेष्कि लिईसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो । बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथी हातपात गरियो ।”

योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफुले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गालीगलोच सहित एक्कासी कार्यालयभित्र आक्रमण गरेको ईन्जिनियर खनालले शिखर समाचारसँग बताए । उनले यसरी कार्यालयमै आएर काम नगरि योजनाको पैसा खान प्राविधिकमाथि हातपात गर्ने, धम्काउने गालीगलोच गर्ने जस्ता कार्यले आफुहरुको मनोबल गिर्ने र मानसिक तनाव बढ्ने गरेको गुनासो गरे

Post Comment