युएस नेपाल न्युज, मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।
सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन्। सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्।