भारतीय सेनाले पाकिस्तानी भूमिमा छिरेर आक्रमण गर्यो , २ पाकिस्तानी सेना सहित ४० जनाको मृत्यु

समाचार

असोज १३ । भारतीय सेनाले पाकिस्तानसग‘को सिमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर ३८ जना संदीग्ध आतंकवादीलाई मारेको दावी गरेको छ । साथै एलओसीमा भारतीय पक्षले आक्रमण शुरु गरे पछि भएको गोली हानाहानमा २ जना पाकिस्तानी सेनाको मृत्यु भएको छ ।

indian-army-actions11

पाकिस्तानी रक्षा मन्त्री खावाजा असीफले भीडन्तमा ९ सेना घाईते भएको पनि जानकारी दिनु भएको छ । पाकिस्तानी सेनाले साना हतियार मात्र प्रयोग गरेको उहाले बताउनु भयो । भारतीय सेनाका डिजिएमओ रणवीर सिंहले सर्जिकल स्ट्राईक एलओसी क्षेत्रमा रहेका सदिग्ध आतंकवादीहरुलाई निस्तेज पार्न गरिएको र सेना सफल भएको जिकिर गर्नु भएको छ ।

सर्जिकल स्ट्राईक अप्रेसनको नाममा भारतीय सेनाले एक घण्टा भित्र ३८ जना मारेको दावी सेनाले गरेको छ । पाकिस्तानसग‘को सिमा क्षेत्र २३ सय १३ किलो मिटर लामो मध्य सात सय ७२ किलो मिटर जम्बु कास्मीरमा एलओसी अन्तर्गत पर्दछ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले भारतले एलओसीमा गोली आक्रमण गर्दा २ जना देशका सेना शहीद भएकोमा श्रदाञ्जली व्यक्त गर्दै भारतको निन्दा गर्नु भएको छ ।
पाकिस्तानी टिभीका अनुसार प्रधानमन्त्री सरीफले भारतले पाकिस्तान विरुद्ध खुल्ला अत्याचार गरीरहेको र शान्ति कायम गर्ने आफूहरुको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिनु भएको छ ।

उहाले सिमा क्षेत्रको रक्षा गर्न पाकिस्तानी सेना तयार रहेको बताउनु भएको छ । पाकिस्तानको ईन्टर सर्भिस पव्लिक रिलेसन कमिटिले एलओसीमा भारतले युद्ध विरामको उलंघन गर्दै आक्रमण गरेको र देशका २ जना सैनिकको मृत्यु भएको जनाएको छ ।

12a1005278a6285ff98ca2f63d93aeab

आज विज्ञप्ति जारी गरी समितिले जम्बु कास्मीरको भिम्बेर ईलाकामा स्थानीय समय अनुसार राति साढे २ बजेदेखि भीडन्त शुरु भएको र बिहान ८ बजेसम्म चलेको जानकारी दिएको छ । तर पाकिस्तानी सेनाले भारतले सर्जिकल स्ट्राईकको बारेमा दिएको विवरण झुट्टो भएको दावी गरेको छ ।
साथै विज्ञप्ति मार्फत सेनाले यदी पाकिस्तानी भूमिमा सर्जिकल अप्रेसन भएको भए वा भएमा त्यस्तै अप्रेसन भारतीय भूमिमा गर्ने सन्देश दिएको छ ।