युएस नेपाल न्युज, काठमाण्डौ – सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले गएको चैत ११ गतेदेखि नै सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकोमा कहिले खोल्ने भनेर निर्णय गरेको छैन ।