पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र भारत छाड्न घम्की

मनोरन्जन

एजेन्सी,। महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का कार्यकर्ताले केही दिनअघि मात्र पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र देश छाड्न धम्की दिएबाट डराएका पाकिस्तानी कलाकार फवाद खानले भारत छोडेका छन् । फिल्म खुबसुरतमा अभिनय गरेका फवादले भारत–पाकिस्तानबीच चलिरहेको युद्धको स्थितिमा भारतमा पाकिस्तानी कलाकार सुरक्षित रहन नसक्ने भन्दै मुम्बई छोडेका हुन् । अल्टिमेटमको अन्तिम दिन सकिएपछि पाकिस्तानी अभिनेत्री सारा लारेनले पनि आफूलाई मुम्बईमा बस्न डर लागिरहेको प्रतिक्रिया दिएकी थीइन ।

sara-loren-hd-wallpaper-2

मर्डर–३, बर्खा र इश्क क्लिकजस्ता बलिउड फिल्ममा ख्याति कमाई सकेकी अभिनेत्री सारा लारेनले हामीहरू एक आपसमा लड्नु भन्दा पनि आतंकवाद विरूद्ध लड्नु पर्छ भन्ने प्रतिक्रिया दिइन । लारेनले स्थिति बिग्रिए दुबईस्थित घरमा फर्किने बताएकी छिन् । एमएनएसले घम्की दिएको केही घन्टापछि नै मुम्बई प्रहरीले पाकिस्तानी कलाकारलाई सुरक्षा दिन सक्षम भएको बताएको थियो तर पनि धेरै पाकिस्तानी कलाकार आश्वस्त हुन सकेनन । काश्मीरको उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय सेनाको निधन भएपछि भारतले यसको दोष पाकिस्तानलाई लगाउँदै आइरहेको छ ।