महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार देव श्रेष्ठको गित नुवाकोटे नानी डिजिटल बजारमा आएको छ । मिलन फ्लिम्स प्रालीको आधीकारीक युटुब च्यानल मार्फत गित बजारमा आएको हो । गितमा देव श्रेष्ठ र लक्ष्मी सिर्मालीको आवाज सुन्न सकिन्छ भने सुनिल बिसी र लक्ष्मी सिर्मालीको शब्द तथा देव श्रेष्ठको लय सृजना रहेको छ ।
गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र एलिना रायमाझीको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, अमोन रानाको नृत्य निर्देशन, मुकेश हुमागाईको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो।