असोज १४ । भारतसग‘ बढ्दो तनावका बीच पाकिस्तानले ईस्लामावादमा रहेका भारतीय उच्चायुक्त गौतम बम्बाबलेलाई देश छोड्न आदेश दिएको छ । भारतीय सेनाले सिमा क्षेत्रमा सर्जिकल स्ट्राईक गरेको भनी प्रचार गरेर झुटको खेती गरेको भन्दै पाकिस्तानले उच्चायुक्तलाई फिर्ता गरिदिएको हो ।
कास्मीरका जनताले भारतीय ज्यादती भोगीरहेको र त्यसको अन्तराष्ट्रिय समुदायबाट ध्यान मोड्न सर्जिकल स्ट्राईकको हल्ला गरिएको पाकिस्तानी विदेश मन्त्रालयले बताएको छ ।
यसैबीच आज पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले मन्त्रीमण्डलको बैठक बोलाउनु भएको छ ।
आजको बैठकमा कास्मीरको सिमा क्षेत्रको अवस्था र भारत प्रशासित कास्मीरमा भारतीय अत्याचारको विषयमा चर्चा गर्ने प्रमुख एजेण्डा राखिएको छ ।
यसै गरी आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाईएको छ । त्यसमा भारतसग‘ जोडिएका चार प्रान्तका मुख्य मन्त्रीहरुलाई समेत सहभागी गराईने छ । यस्तै बुधबार संसदको बैठक बोलाईएको छ । बैठकले भारतले कास्मीरमा जनता विरुद्ध गरेको अत्याचारको भण्डाफोर गर्ने र राष्ट्रिय सुरक्षा र संभावित युद्धको बारेमा समिक्षा गर्ने अधिकारीहरुले जनाएका छन् ।