प्रहरीले राजनीतिक दबाबमा काम गर्दैन : महानिरीक्षक उपेन्द्रकान्त अर्याल

समाचार

भीमदत्तनगर, असोज १४ गते । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा यहाँ आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ ।

महानिरीक्षक अर्यालले “राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्छ भन्नुभयो ।

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उहाँले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताउनुभयो । रासस