काठमाण्डौ । अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ।
लउरा नामक आँधीकाे कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ ।
झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।