त्रिशूली(नुवाकोट), १३ पुस । त्रिशूली कोलोनीमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
अनेरास्ववियुको आयोजनामा जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा सञ्चालन भएको तीनदिने प्रतियोगितामा सिनियरतर्फ मध्यमाञ्चल र जुनियरतर्फ आयोजक क उपाधि जित्न सफल भएका छन् ।मदन भण्डारी स्पोर्टस एकेडेमी, युवा सङ्घ नेपाल र नेपाल खेलकुद महासङ्घको संयोजनमा सम्पन्न प्रतियोगिताको सिनियरतर्फ मध्यमाञ्चलले पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित ११ पदक जितेर उपाधि उचाल्न सफल भयो ।
सोही समूहतर्फ आयोजक कले चार स्वर्ण, पांँच कास्यसहित नौ पदकका साथ उपविजेता र सशस्त्र प्रहरी समूहले दुई स्वर्ण, दुई रजत र एक कास्यसहित पांँच पदकका साथ तृतीय स्थान पाएका छन् ।यसैगरी जुनियरतर्फ आयोजक क दुई स्वर्ण, एक रजत र दुई कास्यसहित पाँच पदकका साथ समूह प्रथम भएको छ । आयोजक ख दुई स्वर्ण, एक कास्यसहित तीन पदकका साथ उपविजेता र मध्यमाञ्चलले एक स्वर्ण, तीन रजत र एक कास्य पदकसहित पांँच पदकका साथ तृतीय भएको छ । प्रतियोगितामा सिनियरतर्फ मध्यमाञ्चलका ज्ञानेन्द्र हमाल र आयोजक ककी योगमाया श्रेष्ठ तथा जुनियरतर्फ आयोजक कका पुष्कल थापा र पश्चिमाञ्चलकी सुष्मी थापाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडी तथा समूहलाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सिल्ड, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेतालाई नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष प्रदीप जोशीले पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा नुवाकोटमा जन्मेर तेक्वान्दोको विकासमा योगदान पु¥याएबापत तेक्वान्दोका मुख्य प्रशिक्षक ककनीका ध्रुव गुरुङ र कोलोनीका मनमोहन वाइवालाई सम्मान गरिएको थियो । प्रतियोगितामा १९ तौल समूहमा १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि पाँचै क्षेत्रका साथै सशस्त्र प्रहरी र आयोजक क र खका टोलीसहितका ५९ महिलासहित एक सय ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस