कोलोराडोमा नेपाली तथा नेपाली भाषीहरुको पहिचाहन झल्कने सामुदायीक भवन निर्माणकोलागी भवन खरीद प्रकृया अघिबढे संगै सहयोग संकलन प्रकृयामा तिव्रता आएको छ ।
नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको सहयोगमा भवन खरिद प्रकृया अगाडी बढेको हो । सामुदायिक भवन खरिद प्रकृयाको यस महायज्ञलाइ सफल तुल्याउन १ हजार डलरभन्दा बढि दान सहयोगगर्ने दाताहरूको फोटो सहित नाम प्रकाशन गरिने भएको छ । भवन निर्माण प्रकृयाको संयोजन गर्दै आएको संस्था नेपाली घरले आज उक्त घोषणा गरेका हो । त्यसैगरी संस्थाले सहयोग संकलन प्रकृयालाइ अझबढि प्रभावकारी तुल्याउन निबर्तमान अध्यक्ष योगराज गौतमको अध्यक्षतामा ५ सदस्सिय विशेष कोर्डिनेशन समिती गठन गरेको छ । समितीका अन्य सदस्यहरूमा नारायण श्रेष्ठ, डा. संगिता सोत्रीया, जगदिशचन्द्र ढकाल र संजयसिंह क्रेशी रहेका छन् । समितीलाइ पुराणको समयमा दान दिन प्रतिबद्दता जनाएकादाता, कोलोराडो र कोलोराडो बाहिर रहेका बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दिजिवी , ब्यवसायी लगायत सबैसंग समन्वयगरी नयांदाताहरू पहिचाहनगर्ने जिम्बेवारी दिइएको संस्थाका अध्यक्ष लक्षुमन रानाले बताएका छन् ।
झण्डै तिन बर्ष अघि सामुदायिक भवन निर्माणकोलागी सफलताका साथ श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न गरे पश्चात बिभिन्न कारणले सुस्ताएको यो समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुर्मुराएको छ ।
कोलोराडोमा स्थापीत नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा २०१८ मे महिनामा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो । उक्त महायज्ञमा दाताहरुले दानगरेका तथा दानगर्न प्रतिबद्धता जनाएका गरी झण्डै ६ लाख सहयोग संकलन भएको थियो ।
यस बिचमा दाताहरुलाई आफुले प्रतिबद्धता गरेको रकम संकलन गर्न बैंक देखि बैंक सम्म नियमित संकलन हुने प्रविधी ACH लगायत बिभिन्न प्रविधि तथा माध्यमहरू तयार भई सकेको बताउदै अध्यक्ष रानाले सबैलाई पुःन एकजुट भई नेपाल र नेपालीको पहिचाहनको केन्द्र निर्माणकालागी सहयोग गर्न अनुरोध गरेका छन् ।
कोलोराडोमा नेपाली तथा नेपाली भाषी भुटनिज समुदायको ३ हजार भन्दा बढि परिबार रहेको र हरेक परिवारले १ हजारका दरले सहयोग गर्दामात्र पनि ३ मिलियन भन्दा बढि रकम संकलन गर्न सकिने उनको दावी रहेको छ