समाजसेवी जगन्नाथ गौतमको निधन – कोलोराडो नेपाली समाज स्तब्ध

समाजसेवी जगन्नाथ गौतमको निधन – कोलोराडो नेपाली समाज स्तब्ध
कोलोराडो समाचार

एनआरएन अमेरिकाका हालका अनररी काउन्सिल मेम्बर तथ पूर्व सल्लाहकार, जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य, लायन्स क्लब अफ अन्नपूर्ण बर्कली क्यालीफ़ोर्नियाका पूर्व सभापति , एन आर एन कोलोराडो च्याप्टरका पूर्व सल्लाहाकार गौतमको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ ।

केही समय देखी उपचारको क्रम रहनु भएका गौतमको ६० बर्ष को उमेरमा बिहिबार राती आफ्नै निवास निधन भएको छ।

उनको श्रीमति निरा गौतम र एक छोरा निरज गौतम छन्।