
नेपाली साङ्गीतीक क्षेत्रमा सदाबहार गायकको रुपमा चिनिने गायक हुन् राजेश पायल राई । गायक राईले नेपाली फिल्म,आधुनीक,पुर्वेली, पप, भोजपुरी लगाएतका गीतका साथै विभिन्न भाषाको गीतमा पनि आवाज दिईसकेका छन् । सोही गायक राईको दर्शन नमस्ते गीती एल्बमको तेस्रो सृङ्खला ‘दर्शन नमस्ते ३’ भर्खर सार्बजनिक भएको छ ।
एल्बम सार्बजानिक हुन साथ राई अमेरिका आए । बिजय दशमी तथा शुभ दिपावलीको विशेष कार्यक्रममा सहभागी हुन राई अमेरिका आएका हुन् । अमेरिकाको सिनसिननाटी, सिकागो, कोलोराडो, क्नायास, ओरिगन, साउथ डाकोटा, साल्ट ल्याके राज्यहरुमा विशेष संगीतिंक प्रस्तुती योजना अनुसार उनले सिनसिननाटी र सिकागोका दर्शकहरुलाई तताएर अनि मनोरंजन प्रदान गरेर अहिले कोलोराडोमा आएका छन् ।
खमाङखिम तथा समाधिस्थलको आर्थिक सहयोगार्थको निमित्त किरात राई सोसाइटी अफ अमेरिका, कोलोराडोको विशेष प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रममा दर्शकहरुलाई तताउन अनि मनोरंजन दिन कोलोराडो आएका राईले हिजो बन्दुक उचालेका छन् । अमेरिका आएर बन्दुक उचाल्ने हिम्मत कसरी गरे त राईले ? किन उचाले त बन्दुक राईले ? भन्ने प्रश्न तपाईहरुमा आइसक्यो होला ।
गम्भीर हुने सवालमा राई जति गम्भीर हुन्छन रमाइलो गर्ने सवालमा त्यती नै रमाइला छन । कोलोराडोको रमाइलो स्थालमा राजेशले फोटोसुटको लागि एक जना अमेरिकन नागरिकलाई बन्दुक मागेर फोटो सुट गरेका हुन् । निक्कैं रमाइलो स्वभावका राईको प्रस्तुती हेर्न चाहनु हुने कोलोराडो बासीले यहि अक्टोबर १५ शनिबार का दिन हाङ जितेदास्ती साँझ–५०७६ मार्फत मनोरन्जन लिन सक्ने छन ।