नेपाली गायक तथा कलाकारका लागि कन्सर्ट र कार्यक्रमहरु नै आम्दानीको मुख्य श्रोत बन्दै आएका छन् अहिले । झनै बिदेशमा रहेका नेपाली मूलका मानिसहरुले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुदा त राम्रै आम्दानी हुन्छ । विदेशमा रहेता पनि आफ्नो भाषा, धर्म अनि संस्कृतलाई जोगर्न गर्दै आएका नेपालीहरुले विदेशमै विभिन्न कार्यक्रम आयोजना गर्छन । सो कार्यक्रममा नेपालबाटै कलाकारहरु आउने हुन् ।
आयोजकले नेपालकै कलाकारलाई स्थान दिन्छन तर, कार्यक्रममा सहभागी भएता पनि कार्यक्रमको आयोजक को हो या कुन संस्था हो भन्ने कुरा राम्रोसंग थाहा हुदैन कतिपय कलाकारहरुलाई । बिडम्बना चाहि के हो भने कार्यक्रम एउटाले आयोजना गरेको हुन्छ अनि त्यी कलाकारहरु चाहिं कार्यक्रम सकिए पछि अर्कै नामको संस्थालाई धन्यवाद भन्दै स्टाटसहरु लेख्छन ।
पछिल्लो चोटी तेस्रो मुलुक पुर्नवास प्रक्रिया भए यता तेस्रो मुलुकमा पुर्नवास भएका नेपाली भाषी भूटानीहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै नेपालबाट कलाकारहरु तेस्रो मुलुकमा उपस्थीती गराउदै आएका छन् । प्रमोद खरेल, बाबु बोगटी, राजेश पायल राई, निमा रुम्बा, काली प्रसाद बास्कोटा, राजेश हमाल, जितु नेपाल, प्रियंका कार्की, मोलिना जोशी लगायत कलाकारहरु नेपाली भाषी भूटानीहरुले नै आयोजना गरेको कार्यक्रमको निमित्त अमेरिका आइसकेका छन तर, त्यीमध्येका कोहि कलाकारहरुले चाहि भूटानी समुदयाको कार्यक्रममा खुब रमाइलो भयो भन्दै स्टाटस लेखे अनि धन्यवाद भने – भने कोहि चाहि अमेरिकामा रहेका नेपालीहरुको कार्यक्रम मात्र भन्छन ।
पुर्नवास भएका नेपाली भाषी भूटानीले नेपाली गीत संगीत, साहित्य अनि चलचित्र क्षेत्रमा धेरै ठुलो प्रभाव पारिसकेका छन । त्यी क्षेत्रहरुले अहिले अन्तर्राष्टिय बजारमा पनि स्थान पाउन थालिसकेको छ । सबै कलाकार एउटै हुन्न भने झैँ सांगीतिक कार्यक्रमको लागि नेपाल बहिरा विभिन्न देशमा आफ्नो प्रस्तुती प्रस्तुत गर्दै हिड्ने गायकहरु मध्येका नम्बर वान गायकको सुचीमा पर्ने नेपाली गायन क्षेत्रका भर्सटायल गायक राजेश पायल राईले आफु अमेरिका नेपाली भाषी भूटानी समुदयाकै कारण ७ पल्ट सम्म आएको बताए ।
अष्ट्रेलिया, कोरिया, मलेसिया, क्यानाडा त कहिले अमेरिका पुगेर सांगीतिक कार्यक्रममा सहभागी हुने गायक राईले विदेशमा रहेका नेपालीहरुकै कारण नेपाली गीत संगीत, साहित्य अनि चलचित्रले आम्दानी गर्न सकेको पनि आफुलाई महसुस हुन थालेको बताए ।