वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले वर्तमान सरकारले मुलुकमा आर्थिक गतिविधि बढाउन र उच्चदरको लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहा“ले भन्नुभयो, “समावेशी विकास र नया“ रोजगारी सिर्जनाका लागि मुलुकमा उच्चदरको आर्थिक वृद्धि अनिवार्य रहेकाले यसको वातावरण बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।”मन्त्री थापाले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहन गर्ने नीति सरकारले अबलम्बन गरेको बताउँदै वीरगञ्जस्थित सुख्खा बन्दरगाहलाई अझ व्यवस्थित बनाउनेतर्फ सरकार आवश्यक गृहकार्यमा लागेको जानकारी दिनुभयो ।
ग्यासको समस्या समाधान छिट्टै
आपूर्ति मन्त्री सुनिलबहादुर थापाले ग्यासको समस्या छिटै समाधान हुने बताउनुभएको छ ।रौतहटको गरुडामा आज आयोजित कार्यक्रममा उहाँले बरौनिक ग्यास रिफाइनरी मर्मत भएपछि जिल्लामा देखिएको समस्या समाधान हुने र ग्यास सहज हुने बताउनुभयो ।आफू मन्त्री बनेलगत्तै इन्धनको मूल्य घटाएको बताउँदै उहाँले व्यवसायीका समास्या पनि समाधान गर्दै लैजाने बताउनुभयो । रासस