भूटानी शरणार्थी शिविर बेलडागीमा यहि डिसेम्बर १० तारिखबाट अन्तरास्ट्रिय आमन्त्रण रीफुजी च्यालेन्ज कप २०१६ आयोजना हुन भएको छ ।
‘विश्व भरी छरिएर बसेका भूटानीको आवाजलाई कायम राखौ !’ इतिहास र पहिचानको निमित्त गौरवमय इतिहास कायम गरौ ! भन्ने मूल नाराको साथ आयोजना हुन लागेको च्यालेन्ज कपमा चार राष्ट्रबाट आठ टिमको सहभागी हुनेछ ।
फ्यानस क्लब वि.आर.सी भूटानले आयोजना गर्न लागेको च्यालेन्ज कपलाई भब्य रुपमा सफल बनाउन तेस्रो मुलुकमा पुनर्वास भएका भूटानीहरुलाई सहयोगको लागी आग्रह गरिएको आयोजकले जनाएको छ ।
भूटानी शरणार्थीद्वारा इतिहासमै पहिलो चोटी आयोजना हुन लागेको सो प्रतियोगिताको सह-आयोजकको रुपमा भूट्निस अमेरिकन स्पोर्ट काउसिल पनि रहेको छ । सहयोगी हातहरु जोट्दै गर्दा आयोजक समितिका सक्रिय सदस्यहरु मैदान तयार गर्न व्यस्त छन ।
झापा रा मोरंगमा रहेका भूटानी शरणार्थीहरुको संयुक्त आयोजना भएता पनि फ्यानस क्लबले यस प्रतियोगिताको मुख्या आयोजकको जिम्मा लिएको छ । आयोजक समितिले विशेष गरि तेस्रो मुलुकमा रहेका भूटानी अनि स्थानिय व्यापारीहरुसंग प्रतियोगिताको प्रयोजान गर्नको लागि सहयोगको अपेक्ष राखिरहेको आयोजक समितिले बताएका छ ।