१० , कात्तिक । फिल्म ‘पञ्चायत’को छायांकन सकिएको छ । एक गीत तिहारपछि मात्र खिचिने गरि अहिलेलाई सुटिङ प्याकअप गरिएको कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए । निर्माण टीमले २० दिनको सुटिङ सेड्युलमा फिल्मको छयांकन सकाएको हो । आफुहरुले दिनरात नभनी निरन्तर १८ देखि २४ घण्टासम्म काम गरेको फिल्मका निर्देशक शिवम अधिकारीले बताए । निर्धारित मितिमा फिल्मको काम सकाउनका लागि सबै टीमले निकै मिहेनत गरेको कार्यकारी निर्माता अधिकारीको भनाई छ ।
बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण परिवेशमा खिचिएको फिल्मले ५० बर्ष पुरानो कथा बोकेको छ । जसलाई जिवन्त देखाउन ग्रामिण क्षेत्रमै फिल्म खिचिएको हो । फिल्ममा सरोज खानल र निता ढुङगाना केन्द्रिय भुमिकामा छन । त्यस्तै रुपा राना, बिशाल पहाडि गिता अधिकारी, किरण थापा, जाहन्वी बस्नेत, गणेश गिरी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
फिल्ममा नायिका निता ढुङगानाको न्युड सीन खिचिएको भन्ने पनि अहिले चर्चा छ । तर यसबारेमा निर्माण टीमले केहि बोलेका छैनन् ।
सुशान्त श्रेष्ठ र शंकर सुवेदि निर्माता रहेको फिल्ममा मेनुका ढुङगाना सहनिर्माता हुन । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन । फिल्म विभिन्न अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने निर्माण टीमको योजना छ । फिल्मको प्रदर्शन पनि विदेशबाटै सुरु गरि प्रस्तुतकर्ता गणेश गिरिले बताए ।