१९ कात्तिक । अहिले निकै चर्चामा छिन ‘तरकारीवाली’ । #Tarkariwali हयासट्याग पाएर सोसल साइटमा भाइरल नै बनेकी छिन उनी । नेपालसहित भारतीय सहित थुप्रै देशका मिडियाले उनको चर्चा गरेका छन । सोसल साइटमा उनको तस्बीर करोडौपटक हेरिएका छन, लाखौ पटक शेयर भइरकेका छन ।
झोलुङगे पुलमा तरकारी बोकेर हिड्दै गरेको उनको तस्वीर सार्वजनिक भएको मात्र एक साता भएको छ । यति छोटो समयमै चर्चित सेलेब्रेटी सरह चर्चा कमाएकी उनी एक सामान्य युवति हुन ।
उनको नाम कुसुम श्रेष्ठ, घर गोरखा वाङलिङ । अहिले चितवनको टाँडिमा पढ्दैछिन । काकाको घरमा बसेर क्वेष्ट मोडल कलेजमा कक्षा ११ मा ब्यवस्थापन पढ्दै गरेकी उनी दशै तिहार बिदामा घर गएकी थिइन् । त्यसैबेला बाबुआमालाई सघाउदै उनी तरकारी बोकेर चितवनको फिस्लिङ आएकी थिइन् । सो क्रममा गोरखा र चितवनको फिस्लिङ जोड्ने झोलुङगे पुलमा पर्यटन ब्यवसायि रुपचन्द्र महर्जनले उनको तस्वीर खिचेका हुन । सो तस्वीर नै अहिले भाइरल बनेको छ । उनको नाममा समाजिक सञ्जालमा दर्जनौ पेजहरु बनिसकेका छन ।
आफु यति चर्चित बनेको पछि मात्रै थाहा पाएकी उनले एक डिजिटल पत्रिकासँग मोडलिङ रहर समेत खुलाएकी छिन । केहि साताअघि निलो आँखा भएका एक पाकिस्तानी चियापसले पनि यस्तै सोसल साइटका कारण अहिले मोडलिङमा ब्यस्त छन । उनी जस्तै आफुलाई पनि अफर आए मोडल बन्ने रहर कुसुमको छ । उनले अब फेरी यसरी नै फोटो खिच्न भने नदिने बताइन् ।